स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य समस्या प्राथमिकीकरण, साझा दृष्टि, उद्देश्य, लक्षित समूह, कार्यक्रम तर्जुमा

सामान्यतया स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन कार्यक्रम तयार गर्ने विभिन्न प्रक्रिया हुन सक्दछ, यहाँ पी प्रक्रियालाई प्रयोग गरी कार्यक्रम तयार गर्ने तरिका प्रस्तुत गरिएको छ ।
पी प्रक्रिया एउटा सरंचनात्मक रुपरेखा हो, जसले  तथ्यमा आधारित स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवतर्नका रणनैतिक कार्यक्रम विकास, कार्यान्वयन, व्यवस्थापन, अनगुमन तथा  मुल्यांकन गर्ने तरिका चरणबद्ध रुपमा बताउंछ  । यसै प्रक्रियालाई  अनसुरण गर्दै यहाँ स्वास्थ्यको लागि सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरु तर्जुमा  गरिएको छ।

१ सामाजिक व्यवहार परिवर्तन कार्यक्रम तर्जुमा प्रक्रिया “पी प्रक्रिया”:

 पी प्रक्रिया : १. विश्लेषण

तथ्य विश्लेषण

प्रभावकारी सामाजिक व्यवहार परिवर्तनको प्रथम चरण ‘विश्लेषण’ हो । स्वास्थ्यको विभिन्न विषयका लागि सामाजिक व्यवहार परिवर्तन क्रियाकलाप तर्जुमा गर्दा स्थानीय समस्यालाई सम्वोधन गर्न सक्ने हुनु पर्दछ  । स्वास्थ्य संस्थाहरुको नियमित बैठकमा स्वास्थ्य संस्थाबाट आएका तथ्यांकको विश्लेषणको आधारमा स्वास्थ्य सूचकहरुको स्थिति थाहा पाउन सकिन्छ जसबाट स्वास्थ्य समस्याहरुको प्राथमिकीकरण गर्न सकिन्छ ।
स्वास्थ्य समस्या पहिचान भएपछि यससँग सम्बन्धित लक्षित समूहसँगको प्रत्यक्ष छलफलबाट स्वास्थ्य व्यवहारहरु थाहा पाउन सकिन्छ । 


समस्या प्राथमिकीकरण

सम्बोधन हुनु पर्ने स्वास्थ्य समस्याहरुको प्राथमिकीकरणको आधार भनेको स्वास्थ्य सूचकहरुको स्थिति र समुदायबाट आएका जानकारीहरुको विश्लेषणबाट आएका सूचनाहरु हुन् । 
निम्न कुराहरुमा आधारित भएर स्वास्थ्यका समस्याहरुको प्राथमिकीकरण गर्न सकिन्छ ।

१. समुदायहरुमा छलफल गर्दा आएका मुख्य समस्याहरु

२. सबैभन्दा कम प्रगति भएका सूचकहरु

३. समस्याबाट को बढी प्रभावित छ

४. समस्याहरुको परिणाम

५. समस्याको गम्भीरता

६. जोखिममा रहेको समुदायको आवश्यकता

७. समुदायको क्षमता र उक्त विषयमा काम गर्ने मनसाय ।


विभिन्न गाउँ वा नगरपालिकाले आफ्ना स्वास्थ्यको तथ्यांक विश्लेषण गरेर हेर्नु पर्दछ जसबाट गाउँ वा नगरपालिका अनुसार स्वास्थ्य समस्याहरु फरकफरक हुन सक्दछन् ।
एक पटक प्राथमिकीकरण गरेको स्वास्थ्य समस्या हरेक वर्षको लागि समस्या नहुन सक्छ । हरेक वर्ष स्वास्थ्यमा भएको प्रगतिअनुसार स्वास्थ्य प्राथमिकीकरण विषय फरक  जान सक्छ । त्यसैले हरेक पटक स्वास्थ्य कार्यक्रम तयार गर्दा तथ्यांकहरु विश्लेषण गरेर प्राथमिकता पहिल्याउनु पर्दछ । स्वास्थ्य संस्था प्रमुखहरुको नियमित बैठकबाट प्राथमिकीकरण गरिएका विषयलाई स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (HFOMC) को नियमित बैठकमा जानकारीको तथा आवश्यक सहयोगको लागि छलफल गरी अन्तिम रुप दिई माइन्युटिङ गर्नु पर्दछ ।
यसरी प्राथमिकतामा परेका स्वास्थ्यकोे विषयमा स्वास्थ्य संस्थाहरुको नियमित बैठकमा छलफल गरेर साझा दृष्टिकोण तयार गर्नु पर्दछ, जसले स्वास्थ्य कार्यक्रम अगाडि बढाउन निर्देशित गर्दछ ।

प्राथमिकतामा परेको स्वास्थ्यको विषय: स्वास्थ्य संस्थामा सुत्केरी गराउने 
सबैभन्दा पहिला साझा दृष्टिकोण तयार गर्नुपर्दछ । साझा दृष्टि विकास गर्दा हालको स्थिति र परिवर्तित स्थितिमा हामी के भएको हेर्न चाहन्छौं भन्ने कुरा प्रस्ट आउनु पर्दछ ।

उदाहरणको लागि

साझा दृष्टिकोण: चन्दननाथ नगरपालिकामा सबै महिलाहरुले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेछन् ।

लक्षित समूह निर्धारण: कार्यक्रमले कसलाई लक्षित गर्ने भन्ने कुराको लागि हालको अवस्था थाहा पाउनु जरुरी हुन्छ ।

उदाहरणको लागि

चन्दननाथ नगरपालिकाको स्वास्थ्यकोे हालको अवस्थाः

  • आर्थिक वर्ष २०७४/०७५ को HMIS प्रतिवेदनको आधारमा नगरपालिकाको संस्थागत सुत्केरी ३९ प्रतिशत छ ।
  •  नगरपालिकाको वडा नं ८ र १० मा घरमा सुत्केरी गराउने महिलाको संख्या बढी छ ।
  • दुई देखि  तीन पटक गर्भ जाँच  गर्नेको संख्या बढी छ तर चौथो पटकको गभर्वती जाचँमा कमी छ ।
  • प्रसव–पीडा सुरु भएपछि मात्र स्वास्थ्य संस्था जाने । तयारी गर्दागर्दै अझै घरमै र बाटोमै बच्चा जन्मिने गरेको ।

हालको स्थिति र साझा दृष्टिकोण बीच फरक ल्याउने सामाजिक व्यवहारसम्बन्धी कारणहरु के के हुन पहिचान गर्नु पर्दछ । 


उदाहारणको लागि

स्वास्थ्य सस्थामा बच्चा जन्माउन नजानुका कारणहरु:

  • गभर्वती महिलाहरुले खोला तरमा  बच्चा खस्छ भन्ने भ्रामक धारणा भएकाले खोला वा मन्दिर नजिकको बाटो भई  हिडँडलु गर्न नदिने कारणले अझै घरमै  सुत्केरी  गराइनु ।
  • घरमा सासु तथा श्रीमानले चासो नदिनु र स्वास्थ्य संस्थामा जान सहयागे नगर्नु । महिलाले एक्लैले निणर्य गर्न नसकेको  कारण स्वास्थ्य संस्थामा जाने अवस्था नहनुु ।
  • संस्थागत सुत्केरीका लागि पवूर्तयारी नहुनु र पस्रव–पीडा सरुु भएपछि तयारी गर्दा स्वास्थ्य संस्था पुग्न नसक्दा घरमै वा बाटामै बच्चा जन्मिने अवस्था अझै रहनु ।
  • श्रीमान ्घर  बाहिर हुनु र साना बच्चाहरु तथा बुढापाकाको स्याहारदेखि सबै कामको जिम्मेबारी महिलाको काँधमा भएको कारण स्वास्थ्य संस्थामा नियमित चेकजाँच  गराउन र सुत्केरीहनु जान नसक्नु ।
  • जाडोको समयमा पनि स्वास्थ्य संस्थामा  खानेपानी  र न्यानो पार्ने सुविधा नहनुु ।
  • स्वास्थ्य संस्थामा उज्यालोको  व्यवस्था नहनुु ।
  • नेपाल  सरकारबाट उपलब्ध सबै  सुविधा बारेमा  समुदायका सबैलाई  जानकारी नहनुु । 

प्राथमिक लक्षित समूह: यस्तो समूह भनेको प्रत्यक्ष स्वास्थ्य समस्या भोगिरहेको वा जोखिममा रहेको समूह हो । यसकारण हरेक स्वास्थ्य व्यवहार परिवर्तनको कार्यक्रमले यस समूहलाई लक्षित गर्नु पर्दछ । 
दोस्रो लक्षित समूह:  स्वास्थ्य व्यवहार अपनाउनका लागि समुदायलाई प्रत्यक्ष प्रभावित गर्ने विभिन्न समूहहरु हुन्छन् । तीमध्ये केही मुख्य हुन्छन्, जसलाई मुख्य प्रभावकर्ताहरु भन्ने गरिन्छ । यस कारण कार्यक्रमले सो लक्षित समूहको पहिचान गर्नु पर्दछ ।
अन्य लक्षित समूह:  कार्यक्रमको लागि प्राथमिक र दोस्रो लक्षित समूहहरुलाई सम्भावित प्रभाव पार्न सक्ने समूहलाई पनि पहिचान गर्नु पर्दछ । यसो भएमा कार्यक्रमलाई सफल बनाउन सहयोग मिल्दछ ।

उदाहरणको लागि
 लक्षित समूहः 

  • प्राथमिक लक्षित समूह : गर्भवती महिलाहरु
  • दोस्रो लक्षित समूह : गर्भवती महिलाको श्रीमान्, सासू र परिवारका अन्य सदस्यहरु
  • अन्य लक्षित समूह : स्थानीय धार्मिक तथा राजनीतिक नेतृत्व गर्नेहरु, छिमेकीहरु 

यी लक्षित समूहहरुको पहिचान गरिसकेपछि तिनीहरुबीचका समान विशेषताहरु जस्तै उमेर समूह, लिंग, व्यवसाय, स्थान वा बालबच्चाको संख्या साथसाथै जीवनशैली र छापा, रेडियो तथा टेलिभिजन सञ्चारमाध्यम प्रयोग गर्ने आदि विशेषताहरुको आधारमा अन्य वा जोखिममा नभएका समूहबाट तिनीहरुलाई छुट्ट्याउन सकिन्छ । लक्षित समूहहरुले लैंगिक समता र लैंगिक समानताको अवधारणाहरुको सम्बन्धमा हाल कसरी व्यवहार गरिरहेका छन् त्यो पनि थाहा पाउनु जरुरी हुन्छ । सम्भावित समूहको सदस्यहरुसँग सामाजिक समर्थनको स्तर कस्तो छ । त्यस्तो समर्थनले कुनै परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन त्यो पनि थाहा पाउँदा कार्यक्रमले लक्षित समूहसम्म पुग्न सक्दछ ।

पी प्रक्रिया :२. रणनैतिक उद्देश्य 
उद्देश्य तयार गर्दा हामीले पुग्न खोजेको कहाँ हो र अपेक्षा गरिएका व्यवहार नगर्नुका कारणहरु हटाउन सक्ने खालको हुनु पर्दछ । लक्षित समूहबाट नै व्यवहार नगर्नुको कारण र यसको समाधानका उपाय खोजिनु पर्दछ किनभने स्वास्थ्य संस्थाबाट सुविधा उपलब्ध गराउँदा पनि कतिपय सेवाहरु समुदायले नलिई राखेको अवस्था छ । उदाहरणको लागि, चन्दननाथ नगरपालिकाले सेवा उपलब्ध हुँदाहुँदै पनि किन आफ्नो समूदयले सेवा लिईराखेका छैनन् भन्ने कुरा थाहा पाउनु जरुरी छ ।

सबै सञ्चार उद्देश्यहरु विशिष्ट (Specific), मापनयोग्य (Measurable), उपयुक्त (Appropriate), यथार्थपरक (Realistic) र समयबद्ध (Time-Bound) भएको स्मार्ट (SMART) हुनुपर्छ ।

उदाहरणको लागि

चन्दननाथ नगरपालिका जुम्लाले प्रथमिकतामा परेको स्वास्थ्यको विषयमा निम्न उद्देश्यहरु राखेको छ । २०७७/७८ साल सम्ममा

  • चन्दननाथ नगरपालिकाका ४३ प्रतिशत गर्भवती महिलाहरुले समुदायमा भएका स्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्बन्धमा भएका गलत धारणाको बारेमा बुझी व्यवहार परिवर्तन गरेका हुनेछन् ।
  • तोकिएका समुदायको घरका परिवारका सम्पूर्ण सदस्यहरुले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य सुरक्षित हुन्छ भन्ने बुझी स्वास्थ्य संस्थामा सुत्केरी गराउन सहयोग गरेका हुनेछन् ।
  • तोकिएको समुदायमा ४३ प्रतिशत गर्भवती महिलाहरुले विभिन्न गलत मान्यताहरुबारे बुझी सुत्केरी गराउन स्वास्थ्य संस्था गएका हुनेछन् ।
  • सबै गर्भवती महिला र उनका अभिभावकहरु स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधाबारे जानकार हुनेछन् । 

पी प्रक्रिया : ३. क्रियाकलाप तर्जुमा

क्रियाकलापले स्वास्थ्य संस्थामा नजानुका कारणहरु र त्यसलाई समाधान गर्न लिइएको उद्देश्यलाई ध्यान दिनु पर्दछ । क्रियाकलापहरुलाई स्वास्थ्य समस्या समाधान गर्न समुदायको व्यवहार परिवर्तनमा सहयोगी हुने गरी तयार गर्नु पर्दछ । माथिका उद्देश्यहरु प्राप्तिका लागि चन्दननाथ नगरपालिका, जुम्लाले तयार पारेका केही क्रियाकलापहरु निम्नअनुसार छन्ः

  • स्वास्थ्य संस्थामार्फत् गर्भवती महिलाहरुको तथ्यांक संकलन गरी अध्यावधिक गर्ने ।
  • गर्भवती महिलाहरुलाई गर्भजाँच र सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन निमन्त्रणा कार्ड पठाउने ।
  • चन्दननाथ नगरपालिकाको वडा नं १ को डुडाखोंच, कुलालवाडा, वडा नं ४ को सिंगाचौर वडा नं ८ को जातिभिड र वडा नं १० को पीपलगाउँ, वडा नं २ को भण्डारीवाडामा ‘स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनुहोस्’ भनी महिला स्वास्थ्य स्वयंसेविका वा स्थानीय समूहमार्फत घरदैलो कार्यक्रम गर्ने ।
  • स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा हुने फाइदा तथा सेवासुविधाको बारेमा गर्भवती तथा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिला, श्रीमान्, सासू ससुरा र स्वास्थ्यकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
  • चन्दननाथ नगरपालिकाको वडा नं १ को कुलालडाँडा, तलिउम र वडा नं. १० को पीपलगाउँमा सुत्केरी गराउँदा हुने फाइदा तथा सेवासुविधाको बारेमा डेउडा प्रतियोगिता सञ्चालन गर्ने ।
  • स्वास्थ्य संस्थामार्फत जनप्रतिनिधिको उपस्थितिमा धामी र स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुबीचमा अन्तरक्रिया कार्यक्रम गर्ने । 

क्रियाकलापको विवरण र अनुमानित बजेटको तयारी

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक र बस्ती भेलामा प्रस्तुत गर्न स्वास्थ्यका विभिन्न क्रियाकलापहरुसँगै सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु र त्यसको लागि आवश्यक अनुमानित बजेट तयार गर्नु पर्दछ । यसरी बजेट तयार गरी प्रस्तुत गर्दा सबैलाई क्रियाकलापहरु कार्यान्वयन तरिका र त्यसका लागि चाहिने बजेटबारे प्रस्टता आउँछ । यसैको आधारमा स्वास्थ्यकोे सामाजिक व्यवहार परिवर्तनका लागि कार्यक्रम छनोट गर्न वकालत गर्नु पर्दछ । यहाँ चन्दननाथ नगरपालिका, जुम्लाले तयार पारेको क्रियाकलापहरुको विवरण उदाहरणको लागि प्रस्तुत गरिएको छ । 
क्रियाकलाप तयार गर्दा लक्षित समूहलाई ध्यान दिनु पर्दछ । व्यवहार परिवर्तनका लागि सकेसम्म विभिन्न क्रियाकलापले लक्षित समूहलाई समेटेको हुनु पर्दछ । जस्तैः कुनै लक्षित समूहलाई समुदायमा हुने अन्तरक्रिया, रेडियो, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले, समूह छलफल, घरभेटजस्ता क्रियाकलापले समेटेको हुनु पर्दछ । कुनै एक कार्यक्रममा मात्र सहभागी भएर उसको व्यवहार परिवर्तनको लागि खासेै फरक पार्दैन । धेरै तिरबाट उसले त्यस व्यवहारको बारेमा सुनेमा वा सहभागी भएपछि मात्र उसले व्यवहार परिवर्तन गर्न सक्दछ । त्यसैले कुनै पनि विषयमा कार्यक्रम गर्दा अभियान कै रुपमा कार्यक्रम तयारी गर्नु पर्दछ ।

उदाहरणको लागि

 चन्दननाथ नगरपालिका जुम्लाले तयार पारेको क्रियाकलापहरु

चन्दननाथ नगरपालिकाले तयार पारेको क्रियाकलापहरुकोे पूर्ण विवरण तलको लिंकमा राखिएको छ । 

https://www.thecompassforsbc.org/project-examples/activities-detail-chandannath-municipality-jumla

स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरु तयारी गर्न सहयोगी ‘स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन क्षमता अभिवृद्धि अभ्यास निर्देशिका र सन्दर्भ सामग्रीहरु’ तलको लिंकमा राखिएको छ । 

https://www.thecompassforsbc.org/project-examples/sbc-training-reference-material


 

ccp break through action