स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

प्रदेश स्वास्थ्य निर्देशनालयको भूमिका

  •  प्रदेश स्तरीय स्वास्थ्य रणनीति, कार्यक्रम तथा वार्षिक योजना तर्जुमा र बजेट विनियोजन गर्न सामाजिक व्यवहार परिवर्तनसम्बन्धी तथ्यांकहरु उपलब्ध गराउने ।
  •  स्वास्थ्य कार्यक्रमहरुका लागि संघीय सरकारबाट प्राप्त (ससर्त र अनुदान) बजेटबाट सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलापहरुको लागि बजेट विनियोजन गर्न आवश्यक कार्यक्रमहरु पेस गर्ने ।
  •  प्रदेश भित्रका गाउँ तथा नगरपालिकाहरुलाई स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलापहरुको तर्जुमा, योजना तथा सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने । 

नोट - प्रदेश सरकारको निर्णय अनुसार कार्यालयको सांगठनिक संरचना, नामाकरण र कार्यविवरण फरक हुन सक्ने हुँदा प्रदेश अनुसारको अलग अलग कार्यक्षेत्र र कार्यालयको नाम फरक फरक हुन सक्नेछ । 

ccp break through action