स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्थानीय प्रयोगका लागि सामग्री, कार्यक्रम कार्यान्वयन निर्देशिकाको उपलब्धता

स्वास्थ्य शाखा प्रमुखले समुदायमा कार्यक्रम सञ्चालनका लागि आवश्यक  रेकर्ड तथा रिपोर्टिंग फारामहरु तथा कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका र सामाजिक व्यवहार परिवर्तन क्रियाकलाप सञ्चालन गर्न आवश्यक सामाग्रीहरु समयमै उपलब्ध गराउनु पर्दछ। 

१. सामाजिक व्यवहार परिवर्तनका लागि प्रयोग गर्नुपर्ने प्रभावकारी सामग्री

क्रियाकलापलाई  प्रभावकारी बनाउन सामाजिक व्यवहार परिवर्तन सम्बन्धी सामग्रीले महत्त्वपूर्ण भूमिका  खेल्दछ । सामग्री भन्नाले छापा, रेडियो   टेलिभिजन, मोबाइल संदेश तथा सामाजिक सञ्चार माध्यम भन्ने बुझिन्छ । यी सामग्रीले लक्षित समूहलाई  व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउन वा व्यवहार परिवर्तन गर्ने  निर्णय लिन सहयोग गर्दछ।  यस्ता सामग्री मात्रले व्यवहार परिवर्तन हुँदैन । यसलाई  क्रियाकलापसंगै समाबेश गरिएको हुनु पर्दछ  । एउटा मात्र कार्यक्रमले सामाजिक व्यवहार परिवर्तन गर्न सक्दैन। यसको लागि विभिन्न माध्यमले लक्षित समुहलाई समेटेको हुनु पर्दछ । एकै सामग्री सबै क्रियाकलापको लागि  पूर्ण  नहुन सक्छ । क्रियाकलापको प्रकृति हेरी त्यस कार्यक्रमलाई  प्रभावकारी  बनाउन सामग्रीको सहयोग लिन पर्दछ। 
त्यसैले लक्षित समहूलाई  ध्यानमा राखेर क्रियाकलाप तयार गर्नु पर्दछ  र सामग्री कुन  क्रियाकलापको लागि हो त्यसै अनुसार छनौट गर्नु पर्दछ  । 
जहिले पनि नयाँ सामग्री नै तयार गर्नु पर्छ भन्ने पनि छैन। कार्यक्रमको सफलताको लागि उपलव्ध सामग्रीको  प्रयोग पनि गर्न सकिन्छ (https://www.thecompassforsbc.org/filteredseacrch/nepal) वा उपलव्ध सामग्री सामान्य परिमार्जन गरेर पनि प्रयोग गर्न सकिने हुन  सक्छ । सामग्री हरुलाई परिमार्जन गर्दा विशेषत भाषा, संस्कृति , रहनसहन, भौगोलिक वनावट अनुकुल बनाउनु  पर्दछ  । उपलब्ध सामग्री हरुलाई नै प्रयोग गर्दा समय तथा त्यस्तै सामग्री  पुनः उत्पादनमा गरिने खर्च बचाउन सकिन्छ । उपलब्ध सामग्री हरुलाई नै प्रयोग गर्ने  वा परिमार्जन गररे प्रयोग गर्ने भन्ने निर्णय गर्न आफ्नो कार्यक्रमको  उद्देश्यलाई  आधार मानेर विस्लेषण गर्नु पर्दछ । स्वास्थ्य समस्या के हो ?, किन समुदायले अपेक्षित व्यवहार गरिरहेका छैनन्?   लक्षित समहू को हो र मुख्य  संदेश के हो कुन  क्रियाकलापको लागि सामग्रीको आवश्यकता छ? जस्ता कुराहरुको राम्ररी  विस्लेषण गरेर  मात्र सामग्रीको पुनः प्रयोग  वा परिमार्जन गर्ने भनेर निर्णय  गर्न सकिन्छ । 
सामग्री परिमार्जन वा रुपान्तरण गर्दा वा नयाँ उत्पादन गर्दा प्रभावकारी ढंगले संदेश प्रबाह गर्न रचनात्मक विवरण (creative brief) तयार गर्नु पर्दछ। यसले सामग्री उत्पादन गर्न  अगाडि नै कुन  विषयमा सामग्री तयार गर्ने त्यो  सामग्री कसलाई  लक्षित गरेर तयार गर्ने मुख्य   सन्देशहरु के के राख्ने फिल्ड परीक्षण कहाँ गर्ने  समदुायमा कुन सञ्चार माध्यम पय्रागे गर्ने  जस्तै छापा, रेडियो ,नाटक, टेलिभिजन, गीत यी कुराहरु सामग्री उत्पादन हनुभुन्दा पहिला नै स्पष्ट हुनको  लागि रचनात्मक विवरण तयार गर्नु पर्दछ। रचनात्मक विवरण भएन भने हचवुाको भरमा सामग्री तयार गर्नु पर्दछ । जुन प्रभावकारी हुँदैन, जसको कारण समय र पैसा खर्च गरे पनि उपलब्धि शून्य  हुन्छ  ।

उदाहरणको लागि

स्वास्थ्य संस्थामा सुत्केरी गराउने विषयमा सामग्री तयार गर्नका लागि तयार गरिएको रचनात्मक विवरण तल तालिकामा प्रस्तुत गरिएको छ ।

 

२. उपलब्ध सामग्रीहरुको समीक्षा तथा प्रयोग 

चरण १. उपलब्ध सामग्रीको संंकलन तथा सूची तयार:

 सामाजिक व्यवहार परिवर्तनको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले पनि विभिन्न सामग्रीहरु उत्पादन गरिराखेको हुन सक्दछ त्यसैले सबै संकलित सामग्रीहरुलाई सूचीकृत गर्नु पर्दछ । 

उदाहरणको लागि परिवार नियोजन विषयमा तयार गरिएको सूचीको एक अंश तल उल्लेख गरिएको छ ।

चरण २. संकलित सामग्री पुनः प्रयोगका लागि उपयुक्त भए नभएको यकिन

केन्द्र वा प्रदेशमा तयार भइआएका विभिन्न संघसंस्थाले उत्पादन गरेका समेत सामग्रीहरुलाई स्थानीय स्तरमा प्रयोगका लागि उपयुक्त भए, नभएको पुनरावलोकन गर्न चेकलिस्ट अनुसूची ३ मा राखिएको छ । सम्बन्धित विषयका विज्ञ (प्राविधिक तथा सामाजिक व्यवहार परिवर्तन) हरुसँग बसी आफूले तयार गरेको विवरणअनुसार उपयुक्त भएमा सामग्री छनोट गर्न सकिन्छ । सामग्रीको छनोट गर्दा तयार गरिएको रचनात्मक विवरणलाई ध्यानमा राखेर समीक्षा गरिनु पर्दछ । 

चरण ३. संकलित सामग्रीको परिमार्जन आवश्यकताको यकिन

परिमार्जन गरेर प्रयोग गर्न सकिने सामग्रीको (चेक लिस्ट अनुसूची ३ अनुसार) पहिचान गरिसकेपछि प्रत्येक परिमार्जन गर्ने सामग्रीको निम्न कुरामा आधारित भई समीक्षा गर्नु पर्दछ, जसले परिमार्जन गर्नुपर्ने कुरा पहिचान गर्न सहयोग गर्दछ ।

१. शब्दहरु :

  • लक्षित समूहको शैक्षिक स्तरअनुसार सामग्रीमा प्रायोग भएका शब्दहरुको उपयुक्तता ।
  • सन्देशको शुद्धता, अवधारणाको स्पष्ट प्रस्तुतीकरण, तार्किक क्रममा प्रस्तुति ।
  • लक्षित समूहको व्यवहार र सामाजिक तथा सांस्कृतिक बाधाहरुलाई सम्बोधन ।
  •  संस्कृति विशेष सन्देशहरु, स्थानीय विषयहरुको प्रयोग, लक्षित समूहको भाषा र सही प्रसंगको प्रयोग ।
  •  सन्देशहरुको प्रभावकारिताको लागि दृश्य / चित्रहरुको आवश्यकता ।
  •  सन्देशहरु र सन्देशहरु सञ्चार गरिरहेको व्यक्ति लक्षित समूहको विश्वासिलो वा आकर्षक ।

२. चित्रहरु:

  • प्रयोग गरिएको दृश्य/चित्रहरुले लक्षित समूहलाई मुख्य सन्देशहरु बुझ्न सहयोग गर्दछ ।
  • प्रयोग गरिएको दृश्य/चित्रहरु स्थानीय, आकर्षक र स्वीकार्य छ ।

३. ढाँचा :

  • शब्दहरुको आकार, प्रयोग गरिएको रङ र उपलव्ध ढाँचा लक्षित समूहको लागि आकर्षक र अनुसरण गर्न सजिलो ।

चरण ४. अनुमानित खर्च तथा अन्य संसाधन

उदाहरणको लागि

 

 

चरण ५. अन्य संघसंस्थासँग समन्वय

सामाजिक व्यवहार परिवर्तनको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले पनि कार्यक्रमको आवश्यकता अनुसार विभिन्न विषयमा विभिन्न सामग्रीहरु उत्पादन गरिराखेको हुन्छ त्यसैले सामग्री संकलन तथा सामग्रीको समीक्षाको लागि सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गर्नु पर्दछ । सम्बन्धित संस्थाहरुको सहभागिताको लागि पत्राचार गरी निम्न विषयमा छलफल गर्नु पर्दछ ।

  • सामग्री पुनः प्रयोग गर्न चाहनुको कारण ।
  • कसरी सामग्री ग्रहण (Adapt) गर्ने भनी सामग्रीको खाका तयार गर्ने (सामग्रीमा के परिवर्तन गरिन्छ ?)
  • परिमार्जन गरी तयार गरिएका सामग्रीहरुलाई कहाँ र कसरी प्रयोग गर्ने भनेर वर्णन गर्ने ।
  • मूल उत्पादकलाई कसरी श्रेय दिने भन्ने कुराको लागि कुनै निर्देशिका छ कि सोध्ने । 

चरण ६. सामग्रीको परिमार्जन सहित पुनः प्रयोग

संकलित सामग्रीको परिमार्जन आवश्यकताको यकिन गरिसकेपछि प्राथमिक लक्षित समूहको लागि उपलब्ध सामग्रीहरु प्रयोग गर्ने वा नयाँ तयार गर्ने भन्ने बारेमा निर्णय लिन सकिन्छ । उपलब्ध सामग्रीहरुको समीक्षा गरी पुनः प्रयोग गर्न सकिने सामग्रीहरुको पहिचान र आवश्यकता अनुसार संशोधनहरुको निर्णय लिइन्छ । प्रमाणित स्रोतहरु उपलब्ध छन् या छैनन् निक्र्यौल गरी सामग्री परिमार्जन गर्न अनुमति प्राप्त गर्नु पर्दछ । सामग्री पुनः प्रयोगको लागि प्रक्रिया सुरु गर्नः

  •  सामग्रीको लागि रचनात्मक विवरण (creative brief) पुनरावलोकन गर्र्नेे ।
  •  सामग्रीको परिमार्जित खाका तयार गरिसकेपछि अवधारणा परीक्षण र सामग्री तयार भएपछि सामग्रीको फिल्ड परीक्षण गर्ने ।
  • फिल्ड परीक्षणको सुझाव अनुरुप सामग्रीको अन्तिम रुप तयार गर्ने ।
  • सामग्री उत्पादन र वितरण गर्ने ।

३ सञ्चार माध्यमलाई स्थानीय सन्दर्भ अनुकूल बनाउँदै विभिन्न सञ्चार माध्यमको प्रयोग

सञ्चार माध्यमलाई कसरी स्थानीय सन्दर्भ अनुकूल बनाउँदै विभिन्न सञ्चार माध्यमको प्रयोग गर्ने भन्ने विस्तृत जानकारी अनुसूची ४ मा राखिएको छ ।

४ स्थानीय स्तरबाट नै प्रभावकारी सामाजिक व्यवहार परिवर्तन कार्यक्रमको लागि सञ्चार सामग्री विकास/उत्पादन:

यदि उपलब्ध सामग्रीहरु प्रयोग गर्न वा परिमार्जन गरेर पुनः प्रयोग गर्न सकिने अवस्थामा नभएमा आफ्नो  आवश्यकताको विश्लेषण गरेर क्रियाकलापलाई प्रभावकारी बनाउन सामग्रीको विकास गर्नु पर्दछ । 
कुनै पनि स्वास्थ्य कार्यक्रमका लागि सामाजिक व्यवहार परिवर्तन क्रियाकलाप प्रभावकारी बनाउन सामग्री तयार गर्दा सामग्री परिमार्जन गर्दा गरिएको जस्तै विश्लेषण गर्नु पर्दछ । तथ्यांक विश्लेषण गरेर स्वास्थ्य समस्या के हो? हेर्नु पर्दछ । किन समुदायले त्यो व्यवहार गरिरहेका छैनन् ? लक्षित समूह को हो र मुख्य सन्देश के हो ? लक्षित समूहसम्म कसरी पुग्न सकिन्छ? माध्यमहरु के के प्रयोग गर्न सकिन्छ आदि । नयाँ सामग्री तयार गर्न पनि रचनात्मक विवरण (creative brief) भर्नु पर्दछ जसले सामग्री विकासका धेरै कुराहरुमा प्रष्ट हुन सहयोग गर्दछ ।
कुनै पनि क्रियाकलापलाई प्रभावकारी बनाउन क्रियाकलाप गर्दा प्रयोग गरिने सामग्रीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ  । सामग्रीद्वारा लक्षित समुदायसम्म सामाजिक व्यवहार परिवर्तनका सामग्री पुरयाउन सकिन्छ । स्वास्थ्यको लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापको लागि छापाका साथै श्रव्य, श्रव्यदृश्य, सामाजिक सञ्जाल तथा खेलहरुको प्रयोग गर्न सकिन्छ । लक्षित समूहसम्म पुग्न विविध सामग्रीको प्रयोग गर्दा सन्देशहरुको प्रभावकारिता अभिवृद्धि हुन्छ ।

सामग्रीको विकास कसरी गर्ने ?

एकै प्रकारको सामग्री विकास प्रक्रियाबाट सबै सामग्रीको तयार गर्न सकिँदैन । सामग्रीअनुसार तयार गर्ने प्रक्रिया पनि फरक हुने गर्दछ । सामग्रीहरु सञ्चारका लागि माध्यम हुन् । सञ्चारका विभिन्न तरिकाहरु अपनाएर लक्षित समूहमा पुग्दा यसले व्यवहार परिवर्तनमा प्रभाव पार्न सक्दछ । लक्षित समूहसँग कसरी सञ्चार गरिन्छ त्यसअनुसार सञ्चार गर्ने माध्यमको छनोट गर्नु पर्दछ । 
 

उदाहरणको लागि

 

सामग्रीको विकास किन गर्नुपर्छ ?

लक्षित समूहसँग सञ्चार गर्न र व्यवहार परिवर्तनमा प्रभाव पार्न स्वास्थ्यको विभिन्न क्रियाकलाप गर्दा सामग्रीको प्रयोग गरिन्छ । स्वस्थ समाजको लागि राम्ररी तयार गरिएका सन्देशहरु र डिजाइन गरिएका सामग्रीहरुले सामाजिक मान्यता र व्यवहारमा प्रभाव पार्ने सम्भावना हुन्छ । 
सामग्री उत्पादन प्रक्रिया पूरा गरेर तयार गरिएको सामग्रीले कार्यक्रमको लक्षित समूह केन्द्रित र सम्बन्धित विषयमा चासो बढाउने सामग्रीको यकिन गर्न मद्दत गर्दछ, जसले अन्त्यमा उनीहरुकोे प्रभावकारिता बढाउँदछ ।

सामग्रीको विकास कसले गर्ने ?

स्वास्थ्यकोे लागि सामाजिक व्यवहार परिवर्तन विशेषज्ञ तथा कार्यक्रमका कर्मचारीको सानो दलले डिजाइनरसँग काम गर्दछ । सामग्री तयार गर्ने प्रक्रियामा कसलाई समावेश गराउने भन्ने कुरा छनोट गरिएको सामग्रीमा निर्भर गर्दछ । आवश्यकता अनुसार स्क्रिप्ट लेखक, व्यवसायी कलाकार, डिजाइन फर्म, विज्ञापन एजेन्सी, उत्पादन कम्पनी, डिजिटल मिडिया डिजाइनर आदिलाई समावेश गर्न सकिन्छ । लक्षित समूहलाई समेत समावेश गराई कार्यशाला गरेर सामग्रीको लागि आवश्यक सन्देशहरु, डिजाइन तथा माध्यम छनोट गर्नु पर्दछ । 

सामग्रीको विकास कहिले गर्नुपर्छ ?

सन्देशहरुको लागि कुनकुन माध्यम प्रयोग गर्ने भन्ने बारेमा निर्णय गरिसकेपछि सामग्रीको विकास गर्नु पर्दछ ।

सामग्रीको विकास गर्न कति समय लाग्दछ ?

सामग्रीको प्रकार अनुसार एक हप्तादेखि केही महिनासम्म लाग्न सक्दछ । कति वटा सामग्री उत्पादन गर्ने, सामग्री विकासको लागि सहयोग गर्ने टिमको क्षमता, सामग्री उत्पादन गर्न लागिएको विषयको जटिलता जस्ता कुराहरुमा समय निर्धारण हुन्छ । जति जटिल विषय हुन्छ, त्यति नै बढी समय लाग्दछ । 
यदि एजेन्सीहरुको सहयोग लिनुपर्छ भने कामको विवरण र समय खुलाएर प्रक्रियाअनुसार काम गर्नु पर्दछ ।

सामग्री उत्पादनका चरणहरु अनुसूची ५ मा प्रस्तुत गरिएको छ ।
सामग्री उत्पादनको लागि आह्वान गर्दा सम्झौतामा सामग्रीअनुसार उल्लेख हुनुपर्ने कुराहरु अनुसूची ६ मा राखिएको छ ।
उत्पादनको क्रममा पनि जसले उत्पादनको जिम्मा पाउँछ, उसलाई आवश्यक सहयोग गर्दै रचनात्मक विवरणमा निर्णय गरेअनुसारको सामग्री सम्झौतामा भएअनुुसार उत्पादन भएको कुराको यकिन गर्नु पर्दछ । 

सामाजिक सञ्जाल फेसबुकलाई कसरी सुरुआत र व्यवस्थापन गर्ने ?

आधिकारिक सन्देशहरु व्यक्तिगत प्रोफाइल पेजबाट नभएर आधिकारिक पेजबाट सेयर (Share) गर्ने हुनाले सर्वप्रथम फेसबुक पेज बनाउनु पर्छ । आधिकारिक फेसबुक पेज तयार गर्नको लागि https://www.facebook.com/pages/creation मा जानुहोस् । 
सामाजिक सञ्जाल फेसबुकलाई सामाजिक व्यवहार परिवर्तनको लागि सुरुआत तथा व्यवस्थित कसरी गर्न सकिन्छ भनेर तलका लिंकमा उल्लेख गरिएको छ । 

https://www.thecompassforsbc.org/project-examples/how-manage-facebook-page

सन्देश प्रवाह गर्न डिजिटल मिडियाहरुलाई कसरी प्रयोग गर्ने ?

सन्देश प्रवाह गर्न डिजिटल मिडियाहरुलाई कसरी प्रयोग गर्ने भन्नेबारे तलको लिंकमा उल्लेख गरिएको छ । 

https://www.thecompassforsbc.org/project-examples/how-use-digital-media-message-dissemination

ccp break through action