स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

वडा समितिमा बजेट तथा कार्यक्रम प्रस्तुत गरी स्वीकृतको लागि पहल

स्वास्थ्य संस्था प्रमूखले प्रस्तावित स्वास्थ्य कार्यक्रम र अनुमानित बजेटका बारेमा बस्ती भेलामा प्रस्तुत गर्नुभन्दा पहिला आफ्नो स्वास्थ्य संस्थाका सबै कर्मचारीहरुबीच छलफल एवं जानकारी गराउनु पर्दछ । यदि कुनै ठाउँमा एकै दिनमा दुई वा सोभन्दा बढी ठाउँमा बस्ती भेला परेमा स्वास्थ्य संस्थाको प्रतिनिधित्व गर्न अन्य कर्मचारीहरु पनि कार्यक्रममा प्रस्तुतिको लागि जानुपर्ने भएमा यस प्रकार गरिने छलफल महत्वपूर्ण हुन्छ । यसकारण सबैजना प्रस्तुत गर्न सक्ने गरी कार्यक्रमका बारेमा प्रस्ट हुनु जरुरी पर्दछ ।
वडा समितिका कार्यकारी पदाधिकारीहरु र साझेदार संस्थाहरुलाई पनि कुनै अवसर मिलाएर कार्यक्रमको बारेमा जानकारी गराउनु पर्छ । यसो गर्न सकेमा बस्ती भेलामा सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरु समेतको स्वास्थ्य कार्यक्रम छनोटमा सहयोग पुग्दछ ।

१ अन्य संंघसंंस्थाहरुसँग समन्वय

मानवीय स्वास्थ्य सबैको सरोकारको विषय भएकाले स्थानीय तहमा सामाजिक, महिला, वातावरण, वन, कृषिलगायत विभिन्न क्षेत्रमा काम गर्ने सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गरी तथ्यांकहरु र समुदायबाट आएका स्वास्थ्यको प्राथमिकतालाई स्वास्थ्य संस्थाहरुको बैठकमा छलफल गरी आगामी वर्षको स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनका प्राथमिकता यकिन गर्नु पर्दछ र सबै संघसंस्थाहरुसँग छलफल गरी प्राप्त सुझावका आधारमा आवश्यक संयुक्त कार्ययोजना तयार गरी वडा भेलामा प्रस्तुत हुनु पर्दछ । 

उदाहरणका लागि

  • चन्दननाथ नगरपालिका जुम्लाले स्वास्थ्यको विभिन्न कार्यक्रमका लागि सामाजिक व्यवहार परिवर्तनका लागि तयार गरेको क्रियाकलापहरु र बजेट तल प्रस्तुत गरिएको छ । गाउँ वा नगरपालिकाले आफ्नो लक्षित समूहको व्यवहार परिवर्तन आवश्यकताअनुसार क्रियाकलाप र बजेट तयार गर्नु पर्दछ त्यसैले सबै गाउँ वा नगरपालिकामा एकै खालको क्रियाकलाप र बजेट नहुन सक्छ । 

गरी वडा भेलामा प्रस्तुत हुनु पर्दछ । 


 

२ गाउँ वा नगरपालिका परिषद्ले आयोजना प्राथमिकीकरण गर्ने प्रमुख आधारहरु

कार्यक्रमहरु तयार गरिसकेपछि पनि त्यो कार्यक्रम छनोटमा पर्न सक्ने गरी तयार गरिएको छ कि छैन याद गर्नु महत्वपूर्ण हुन्छ, किनभने छनोट गर्ने समितिलाई कार्यक्रम छनोटको लागि मापदण्ड तोकिएको छ जसलाई नै आधार मानेर कार्यक्रम छनोट गर्दछ । स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ अनुसार गाउँ वा नगरपालिकाले वार्षिक योजना तथा बजेट तर्जुमा गर्दा निम्नलिखित विषयलाई प्राथमिकता दिएर छनोट गर्दछ । 

                       १. आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुरयाउने ।

                       २. उत्पादनमूलक र छिटो प्रतिफल दिने (ठूला आयोजनाहरुको हकमा बढीमा तीन वर्ष भित्र सम्पन्न हुने) ।

                       ३. राजस्व परिचालनमा योगदान पुरयाउने ।

                       ४. सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुरयाउने ।

                       ५. स्थानीय स्रोतसाधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने ।

                       ६. लैंगिक समानता, सामाजिक समावेशीकरणको अभिवृद्धि हुने ।

                       ७. दिगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुरयाउने ।

                       ८. समुदायलाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील (Resilient) बनाउने ।

                       ९. स्थान विशेषको संस्कृति र पहिचान प्रवर्धन गर्ने ।

                       १०. स्थानीय तहले आवश्यक देखेका अन्य विषयहरु । 

गाउँ/नगरपालिकाको लागि स्वास्थ्य कार्यक्रमको औचित्य

आर्थिक विकास र गरिबी निवारणको लागि स्वस्थ जनशक्तिको आवश्यकता पर्दछ । स्वस्थ जनशक्ति मात्र उत्पादनमूलक र समयमै प्रतिफल दिने कार्यमा सहयोगी हुन सक्दछन् । स्वस्थ नागरिकले मात्र स्वास्थ्यमा हुने खर्चको भार कम गर्न सहयोग गर्दछन् । स्वास्थ्य सेवा जनसमुदायको प्रमुख आवश्यकता हो र यसको निरन्तरता अधिकार हो । समुदाय वा समुदायमा विद्यमान समूह वा सरोकारवालाको समानताको आधारमा सहभागिता तथा क्षमता विकासले विपद् व्यवस्थापनमा समेत स्वास्थ्य सेवाको निरन्तरतामा सहयोग पुरयाउँदछ । जलवायु परिवर्तनले कृषि उत्पादन र वातावरणमा पारेको असरले मानवीय स्वास्थमा असर पार्दछ । सामाजिक व्यवहार परिवर्तनले स्थानीय तहमा रहेका स्वास्थ्य अनुकूल संस्कृतिहरु प्रवद्र्धनमा सहयोग पुरयाउँदछ । जस्तै, दैनिक घर सफा गर्ने हाम्रो संस्कृतिलाई स्वास्थ्यको लागि गरिने सामाजिक व्यवहार परिवर्तनले प्रवर्धन गर्दछ । त्यसैले स्वास्थ्य यस्तो आधारभूत विषय हो जसमा गरेको लगानीले विकासका सम्पूर्ण मापदण्डलाई समेट्दछ र स्वस्थ जनसमुदायको आधार सामाजिक व्यवहार परिवर्तन हो ।

३ स्थानीय तहमा योजना तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन २०७४ अनुसार ७ चरण


 

 

ccp break through action