स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन किन आवश्यक छ ?

  • सामाजिक व्यवहार परिवर्तनले कुनै पनि व्यक्तिलाई ज्ञान, धारणा र अभ्यासमा परिवर्तन गरेर स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यका विषयहरुमा निर्णय लिन मद्दत गर्दछ ।
  • सामाजिक व्यवहार परिवर्तनले आफ्नो परिवारको बृहत् विकास र उन्नतिमा नियमन र सुधार गर्न व्यक्ति, परिवार र समुदायलाई सक्षम बनाउँछ ।
  •  तथ्यांकमा आधारित व्यवहार परिवर्तन कार्यक्रमले ज्ञानमा वृद्धि गर्नुका साथै धारणा र सांस्कृतिक मापदण्डहरु वा रीतिरिवाजसम्बन्धी विभिन्न व्यवहारमा परिवर्तन ल्याउन सक्दछ ।

उदाहरणको लागि

Health Communication Capacity Collaborative(HC3) Nepal परियोजनाले परिवार योजना सम्बन्धि स्मार्ट जीवन कार्यक्रममा तथ्यमा आधारित सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरु जस्तै सामूदायिक स्कूल कार्यक्रम, मेला तथा सामाजिक संजाल, सडक नाटक, नव विबाहित जोडीलाई परामर्श, टी भी र स्थानिय एफ एम रेडियो सन्देश आदि कार्यक्रम समावेश गर्दा देखिएको अन्तर तल देखाइएको चार्टमा हेर्न सकिन्छ ।

  

माथिको चार्ट HMIS को परिवार योजनाको तथ्यांकमा आधारित छ, जसले HC3 कार्यक्रम सञ्चालन भएको तत्कालीन गाउँ विकास समितिको १२० वडालाई मात्र समेट्दछ । यस चार्टमा परिवार योजनाका आधुनिक साधनहरु जस्तै आईयूसीडी, इम्प्लान्ट, पिल्स र डिपो मात्र समावेश गरिएको छ । यस चार्टले परिवार योजनाका कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु समावेश गर्दा परिवार योजनाका आधुनिक साधनहरुको नयाँ प्रयोगकर्ताहरुको संख्या बढेको देखिन्छ । चैत्र २०७१ देखि जेठ २०७२ (३ महिना)को परिवार योजनाका आधुनिक साधनका नयाँ प्रयोगकर्ताहरुको संख्या ३,६५० लाई अर्को आर्थिक वर्ष २०७२ चैत्रदेखि २०७३ जेठ (३ महिना)सम्मको तथ्यांक ६,६५९ सँग तुलना गर्दा लगभग ५० प्रतिशतले बढेको देखिन्छ ।

 

ccp break through action