स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

किन व्यक्तिहरु व्यवहार परिवर्तन गर्दछन्‌ वा गर्न चाहन्छन ?

सामान्यतया कुनै पनि व्यक्तिलाई उसको आफ्नो व्यवहार परिवर्तन गर्न कुनै न कुनै प्रेरक–तत्वले सहयोग पुरयाएको हुन्छ तर कहिलेकाहीँ एकभन्दा बढी तत्वले पनि भूमिका खेलेको हुन सक्दछ । प्रेरक–तत्वहरु जस्तैः

  • शारीरिक प्रेरणा (Physical Stimuli): यदि कुनै व्यक्तिले कुनै पनि व्यवहार अपनाउँदा लाभभन्दा पीडा वढी हुन्छ भने उसले पीडा बढी अनुभूति गर्दछ यस्तो अवस्थामा उसले व्यवहार परिवर्तन गर्दछ । जस्तै चुरोट पिउँदा मुटुको समस्या देखिनु र यसै कारण चुरोट पिउन छोड्नु ।
  •  औचित्य (Rationale Stimuli): केही व्यक्तिहरुले आफूले कुनै व्यवहार परिवर्तन नगर्दा उसलाई त्यसबाट हुन सक्ने बेफाइदाहरुबारे बुझ्छन् र व्यवहार परिवर्तन गर्दछन् । जस्तै नउमालेको पानी खाँदा त्यसबाट उसलाई हुने बेफाइदा र पानी उमालेर खाँदा हुने फाइदालाई दाँजेर हेर्दा उसले उमालेर खाँदा फाइदा देखेमा उसले पानी उमालेर खान थाल्दछ ।
  •  भावनात्मक प्रेरणा (Emotional Stimuli): यदि व्यक्तिहरुले आफ्नो व्यवहारबाट खतराको सम्भावना महसुस गर्छन् भने उसले व्यवहार परिवर्तन गर्दछ । जस्तै आफ्नो परिवारको कारण कुनै पनि नराम्रो व्यवहार छोड्नु । भावनाहरु नकारात्मक पनि हुन सक्छन् वा माया प्रेमसँग सम्बन्धित पनि हुन सक्छन् ।
  •  सीप (Skill): नयाँ व्यवहार अपनाउन आफूसँग सीप छ वा आफू सक्षम छु र निश्चित छु भन्ने ठान्दछ भने उसले व्यवहार परिवर्तन गर्दछ । जस्तै यदि उसलाई पुनर्जलीय झोल बनाउने तरिका राम्ररी थाहा छ भने उसले आवश्यक परेको समयमा पुनर्जलीय झोल सही तरिकाले तयार गरी प्रयोग गर्दछ ।
  •  परिवार वा साथीहरुको सञ्जाल (Familty or Personal Network):  परिवार वा साथीहरुको सहयोग र समर्थन पाउँछन् भने उसले व्यवहार परिवर्तन गर्दछ । जस्तै साथी वा परिवारको कारणले नियमित व्यायाम गर्नु ।
  •  सामाजिक संरचना/समर्थन (Social Structure):  व्यवहारमा अपेक्षित परिवर्तन ल्याउनका लागि सामाजिक संरचना सकारात्मक हुनु पर्दछ  । सामाजिक वातावरण अनुकूल छ भने व्यवहार परिवर्तन गर्ने प्रक्रिया छिटो सरल र दिगो पनि हुन्छ । जस्तै छोरीलाई स्कुल पठाउनु, चर्पीको प्रयोग गर्नु ।
ccp break through action