स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

सामाजिक व्यवहार परिवर्तन भनेको के हो ?

सामाजिक व्यवहार परिवर्तन भन्नाले लक्षित समूहको सक्रिय सहभागितामा समाजमा भएका हानिकारक सामाजिक व्यवहारहरु परिवर्तन गर्नु हो । यसले लक्षित समूहको ज्ञान, धारणा र अभ्यासमा परिवर्तन गरेर स्वास्थमा सुधार ल्याउन मद्दत गर्दछ । व्यवहार परिवर्तनको लागि सबैभन्दा बढी सम्भावना भएको समूहको खोजी गरी व्यवहार परिवर्तनका अवरोधलाई प्रभाव पार्ने तथ्यहरु, विचारहरु, अवधारणाहरु र सिद्धान्तहरुलाई प्रक्रियागत रुपमा समेटी व्यवहार परिवर्तनकोे रणनैतिक उद्देश्य तयार गरी परिवर्तनलाई असर गर्नु हो ।

हाम्रो स्वास्थ्य हाम्रो व्यवहारमा निर्भर गर्दछ । यदि हाम्रो व्यवहार स्वस्थप्रद छ भने हाम्रो स्वास्थ्य पनि सुदृढ रहन्छ । हामी जे कुरामा विश्वास गर्दछौं, त्यसले हाम्रो स्वास्थ्यमा असर गरिरहेको हुन्छ । कुनै पनि व्यक्तिको व्यवहार उसको आफ्नो विश्वास र आचरणमा निर्भर गर्दछ, उसको विश्वास र आचरण उसको वातावरणले निर्धारण गर्दछ । सो वातावरणले उसले उक्त व्यवहार नगर्नुका कारणहरुलाई सम्बोधन गर्दछ । ऊ कस्तो मूल्यमान्यता, संस्कृति, परम्परा र आमसञ्चारको पहुँचमा हुर्कियो ती कुराहरुको कारणले उसले गर्ने निर्णय वा व्यवहारमा फरक पार्दछ । जबसम्म हामी यस्ता सामाजिक कुराहरुसँग परिवर्तनका लागि सहकार्य गर्दैनौ , तबसम्म व्यक्तिको व्यवहारमा परिवर्तन आउँदैन जसका कारण स्वास्थ्यमा सुधार गर्न सकिँदैन । कुनै पनि व्यक्तिलाई स्वास्थ्यका लागि व्यवहार परिवर्तन गर्न उत्प्रेरणा जगाउन समुदायमा विभिन्न तौरतरिका (approach) अपनाउन सकिन्छ, जस्तैः

  •  पैरवी : समुदायमा भएमा प्रतिष्ठित व्यक्तिहरुले उक्त व्यवहार अपनाएमा उसका अनुयायीहरुलाई उक्त व्यवहार अपनाउन उत्प्रेरणा मिल्दछ ।
  •  समुदाय परिचालन : प्रत्यक्ष सेवाग्रही वा समुदायलाई उक्त विषयमा विभिन्न क्रियाकलापहरुमा परिचालन गरेर जस्तैः प्रत्यक्ष सेवाग्राहीसँग अन्तरक्रिया गरेर, स्थानीय समूहहरुलाई सम्बन्धित विषयमा परिचालन गरेर ।
  •  व्यवहार परिवर्तन सञ्चार : प्रत्यक्ष सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क गरेर, जस्तै घरभेट, अन्तरव्यक्ति सञ्चार आदि ।

सामाजिक व्यवहार परिवर्तनले व्यक्तिगत वा सामूहिक रुपमा सम्मिलित भई पूर्णरुपमा लक्षित व्यवहार अपनाइएको अवस्थालाई बुझाउँछ । सामाजिक व्यवहार परिवर्तनका लागि प्रयोग भएका प्रभावकारी उपयाहरु (tools) मध्ये आमसञ्चार, समुदाय परिचालन, अन्तरव्यक्ति सञ्चार, सूचना तथा सञ्चारका प्रविधिहरु र अन्य नयाँ सञ्चार माध्यमहरु हुन् । सामाजिक व्यवहार परिवर्तनले सामाजिक आयामहरुमा सु–स्वास्थ्यकोे लागि सकारात्मक प्रभाव पार्न सबैभन्दा प्रभावकारी र मौलिक मानव अन्तरक्रिया सञ्चार लाई प्रयोग गर्दछ ।

ccp break through action