स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

कृतज्ञता

 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक श्री सुनिल राज शर्माको  नेतृत्वमा Breakthrough ACTION नेपाल टीमले आयोजना गरेको संघीय, प्रान्तीय र स्थानीय स्तरका कार्यशालाहरुमा सहभागी भई यस सामग्री विकास गर्न, आफ्नो  सुझावहरु प्रदान गरी योगदान पुरयाउनुहुने सबै सरोकारवाला प्रति कृतज्ञ छौं । यस कार्यलाई सहयोग सम्झौता नं. AID-OAA-A-17-00017 मार्फत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) द्वारा सहयोग प्राप्त भएको छ ।

यस सहयोगी सामग्री श्री कुञ्ज प्रसाद जोशी, प्रणव राजभण्डारी, सृजना के.सी., लोकेश भट्ट, थानेश्वर कोइराला, क्यारोलिन जैकबी, जया दुर्गा बुढाथोकी, खडक बहादुर कार्की, रन बहादुर राना, गगन सिं ठगुन्ना र नेत्र भट्ट लगायतका महानुभावहरुले प्रारम्भिक मस्यौदा तयार गरी, कार्यशाला गोष्ठी र पूर्व परीक्षणबाट प्राप्त सुझावहरु समेटेर अन्तिम स्वरुप दिनु भएको हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र सँगै परिवार कल्याण महाशाखा, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र युनिसेफको साझेदारितामा यस प्याकेजलाई अन्तिम रुप दिइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रसँग साझेदारी गरी प्रदेश र स्थानीय तहहरुमा समेत यस प्याकेजलाई कार्यान्वयन गर्न युनिसेफ प्रतिबद्ध छ ।

ccp break through action