स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य संस्था प्रमुखको भूमिका

  •  स्वास्थ्यकर्मीहरुलाई काममा जिम्मेवार बनाई समुदायस्तरमा स्वास्थ्यका विभिन्न क्रियाकलापमा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने ।
  •  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलापहरुमा सक्रिय रुपमा परिचालन गर्ने ।
  •  सामाजिक व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमहरुको प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्ने ।
  •  सामुदायिक स्वास्थ्य इकाई (CHU) व्यवस्थापन समिति गठन गरी व्यवहार परिवर्तन कार्यक्रमलाई प्राथमिकतामा राख्ने ।
  •  सामाजिक व्यवहार परिवर्तनसमेतको स्वास्थ्यका वार्षिक कार्यक्रम तयारी गरी बस्तीस्तरीय योजना तर्जुमा भेलामा लैजाने ।
  •  HFOMC, कर्मचारी, स्वयंसेविका तथा सम्बन्धित निकायसँग सामाजिक व्यवहार परिवर्तन सम्बन्धित कार्यक्रमको नियमित छलफल गर्ने ।
  •  कार्यक्रमको प्रगति विवरणको अभिलेख राख्ने ।

ccp break through action