स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनका योजनाहरु किन स्थानीय तहका वार्षिक कार्ययोजनामा समावेश हुनुपर्छ ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिका तथा नगरपालिकाले आनो अधिकार क्षेत्र भित्रको विषयमा स्थानीयस्तरको विकासको लागि आवधिक, वार्षिक, रणनीतिक र विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन योजना बनाई लागू गर्नुपर्ने व्यवस्था रहेको छ । 
सोही व्यवस्था अनुरुप गाउँ वा नगरपालिकाले स्वास्थ्यकोे पनि योजना तर्जुमा प्रक्रिया पूरा गरी वार्षिक योजना स्वीकृत गराई लागू गर्नु पर्दछ । स्वास्थ्यकोे वार्षिक योजना स्वीकृत गराउन स्वास्थ्यका विभिन्न कार्यक्रमहरुका साथै यस कार्यक्रमको लागि सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलाप पनि तयार गरी कार्यक्रम छनोट प्रक्रियामा लैजानु पर्दछ । कुनै पनि योजना गाउँ वा नगरपालिकाको वार्षिक कार्ययोजनामा समावेश नभएमा कार्यक्रम लागू गर्न सकिँदैन ।

ccp break through action